प्रचण्ड एक्लिनुका यी १ कारण नेपाली सेनालाई गिजोल्ने प्रयास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८१, आईतवार ०५:२३

काठमाडौं । राष्ट्रिय सुरक्षाको मियो नेपाली सेनालाई यसपटक पनि थाहा नपाउने ढ‌ंगले माओवादी नेतृत्वले गिजोल्न थाल्यो। यसको असर सरकारमा पनि पर्न थालेको एमालेबाट मन्त्री बनेकाहरू बताउँछन्। किनभने सरकारमा रहेका माओवादी नेताको घरमा बसेर अध्ययन गरेर नेपाली सेनाको जर्नेलसम्म पुगेका व्यक्ति आफू नदेखिएर केही दिनमा सेवा निवृत्त हुन लागेकाे जर्नेललाई अघि सारेर खेल्न थाले। पहिले नै छानबिन भएको कागज फेरि छानबिन गराउन खाेज्दै सेनाको मनोबल गिराउने काम हुन थाल्यो।

बालुवाटार र बालुवाटार निकटबाट अस्वाभाविक रूपमा नेतृत्वलाई विवादमा तान्ने काम हुन थाल्यो। यसमा साथ दिन थाले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले। माओवादीकाे द्वन्द्वमा हिँडेका र पछि पत्रकार भएकाहरूले नक्कली कागज भनेर रटान दिन थाले। ती व्यक्तिहरू सक्कली कागज ल्याउँदै केरेमेट आफैँ गरेर त्यसलाई नक्कली बनाउने काममा सक्रिय भए।

सेनालाई सीधै निमोठ्न नसक्ने भएपछि मिडियाको साथबाट विवादमा ल्याएर हुर्मत लिने काम भएको एमाले नेताहरू बताउँछन्। रोलवाला प्रधानसेनापतिले कामको जिम्मा लिँदै गर्दा खेल्नु अस्वाभाविक थियो। नेपाली सेनासँग भारत, चीन र अमेरिका जोडिन्छ। ‘प्रचण्डले पहिला पनि आफूखुसी सेनामा चल्दा भोगेको घटना बिर्सिए। सेना नेपाल प्रहरीजस्तो होइन, त्यहाँ जो खेल्न पुग्छ त्यो मासिन्छ’, एमालेका एक पदाधिकारीले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१