ओलीलाई सम्बोधन गरेर मेयर बालेनको कडा स्टाटस, उठाए गिरिबन्धु पचाउन खोजेको विषय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८१, आईतवार ०५:१६

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर कडा स्टाटस लेखेका छन् । उनले आज काठमाडौंमा परेको निरन्तरको झरीको कारण खोलाछेउका बस्ती डुबानमा परेको उल्लेख गर्दै समस्या समाधानको लागि आग्रह गरेका छन् ।

उनले यसअघि सुकुम्बासी समस्या समाधानको लागि पहल लिँदा एमाले अध्यक्ष ओलीबाट अवरोध भएको आशयले यस्तो लेखेका हुन् । यस्ते छ उनको धारणा

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१