पोखरा । पोखरा ५ प्रस्याङ्गमा अवस्थित श्री धर्मस्थली आधारभूत विद्यालयमा रोटरि क्लब अफ पोखरा फिस्टेल को सहयोगमा चार कोठे भवनमा तला थप्नको लागि सिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका विशिष्ट अतिथी वडा नंबर ५ का अध्यक्ष बिष्णु प्रसाद बरालले वडाका २ सामुदायिक विद्यालयहरू भौतिक रूपमा सम्पन्न हुँदै गइरहेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गूणस्तरमा पनि अझ वृद्धी गराउनुपर्ने बताउनुभयो। सामुदायिक विद्यालयमा ८५०० विध्यार्थी वृद्धी भएको नयाँ तथ्याङ्क सुनाउँदै रोटरि क्लब अफ पोखरा फिस्टेलले गरेको यो महान् सहयोग प्रति आभार व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद पराजुलीले स्थानिय शिक्षा प्रेमि सामाजिक व्यक्तित्व ज्यूहरू- रोटरियन एवं विद्यालयका पूर्व विद्यार्थी बिनोद कोइरालाज्यू, रोटरियन एवं विद्यालयका सल्लाहकार एवं विद्यालय व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष शिवप्रसाद पराजुलीज्यू, रोटरियन एवं विध्यालयका पूर्व सल्लाहकार रमेशप्रसाद कोइरालाज्यूलगायत रोटरि क्लब अफ् पोखरा फिस्टेलका सम्पूर्ण रोटरियनज्यूहरूको पहल र सक्रियतामा रोटरि क्लब अफ् पोखरा फिस्टेल, राेटरी क्लब अफ चेष्टरफिड यू के र रिचार्ड स्याण्डसनकाे आर्थिक सहयोगमा बिगतमा पनि कम्प्यूटर ल्याब पुनर्स्थापना, शैक्षिक सामग्रीहरुको वितरण, छात्रवृत्ती प्रदान लगायतका धरै सहयोग गर्दै आइरहेकोमा अहिले फेरि विद्यालयको आग्रहमा चार कोठे भवन निर्माण तला थप को सिलान्यासजस्तो महत्वपूर्ण सहयोगका लागी आभार सङ्गै धन्यवाद ज्ञापन गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक बदन कुमारि शर्माले सरकारले सहयोग नगरि रहेको अवस्थामा पनि आफूहरूले यो अवसर पाएकोमा खुशि व्यक्त गर्दै २०७८ सालमा पनि यहि क्लबले विद्यालयलाई २० थान कम्प्यूटर र बाल विकास कक्षाका लागी शैक्षिक सामाग्रिहरू हस्तान्तरण गरेको स्मरण गर्नुभयो। त्यहि अवसरमा प्रधानाध्यापक शर्माले कसैको आर्थीक सहयोग पाए विद्यालयलाई आवासिय बनाउने र विज्ञान प्रयोगशाला बनाउने लगायतका विद्यालयको भावी योजना प्रस्तुत गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथी रोटरि इन्टरनेस्नल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान वर्ष २०२४-२५ का गभर्नर इलेक्ट बिनोद कोइरालाले आफुहरूले प्रदान गरेका चिजहरूको चित्त बूझ्ने गरि सदुपयोग गर्न आग्रह गर्दै करिब २४ विद्यालयहरूमा कम्पयूटर वितरण गरेको स्मरण गर्दै आफुहरूले कक्षा ६ देखि छात्रवृत्ती प्रदान गरेका विद्यार्थीहरूलाई पढ्न चाहेका जुन कुनै विषयहरू पढाइरहेको र पढाउने पनि स्पष्ट पार्नुभयो।
कार्यक्रममा विद्यालयमा अध्ययनरत् ३ जना विद्यार्थीहरूलाई क्लबले नगद रू. ७ हजारको दरले गरिब तथा जेहेन्दार छात्रवृत्ती पनि प्रदान गर्यो। कार्यक्रममा रोटरि क्लब अफ पोखरा प्याराडइसका नव निर्वाचित अध्यक्ष एवं पूर्व विद्यार्थी रोटरियन देवेन्द्र पराजुलीले अध्यक्षतामा सम्पन्न कार्यक्रमकोविद्यालयमा अध्ययनरत् ५ जना जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गर्ने घोषणा गर्नुभयो। क्लबका अध्यक्ष महेश्वर पाहारिकोअध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन भने क्लबका पुर्व अध्यक्ष लक्ष्मी गिरी थापाले गर्नुभएको थियो।
प्रतिक्रिया