किन चिया दोस्रो पटक तताएर पिउन हुन्न ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०८१, शनिबार ०६:००

काठमाडौं। मानिसका धेरै लत मध्ये चिया पनि एउटा लत हो । चिया खाने बानी अधिकांशको हुन्छ । अझ बिहान उठेर चिया नखाएसम्म दिनको सुरुवात भएजस्तो लाग्दैन । वास्तवमै चिया पिउन कसलाई मन पर्दैन होला र ?

चिया धेरै मानिसका लागि नशा जस्तै बनेका हुन्छ र लत नै बस्छ । कतिपय मानिसहरू दिनभरिमा दसौँ कप चिया पिउने गरेको पनि पाइन्छ भने कतिपयले चिया पिउन नपाएकै कारण टाउको दुखेको या त फेरि फ्रेस नभएको गुनासो समेत गर्ने गरेका छन् ।

तर, दिनमा १–२ कप बाहेक बढी चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् । र धेरै जनाले एक पटक बनाएको चिया दोस्रो पटक तताएर खाने पनि गर्छन्। जुन बिलकुल गलत बानी हो ।

चियाका केही लाभदायक पाटा पनि छन् । परन्तु चियाका केही हानी छन्। धेरै चिया सेवन गरेमा यसले शरीरमा धेरै किसिमको समस्या निम्तिन सक्छ।
चियामा टान्नीन्स भन्ने नामको पदार्थ हुन्छ । यसको काम केही खाद्य पदार्थमा रहेको आइरनलाई बाँधेर राख्ने हो । धेरै चिया सेवन गरेमा यसै तत्त्वका कारण खाद्यान्नमा भएको आइरनलाई मानिसको शरीरले ग्रहण गर्न सक्दैन। जसले आइरनको कमी भएर शरीरमा धेरै किसिमका समस्या निम्तिन सक्छ। शरीरमा आइरनको कमी छ भने चियाले समस्यालाई अझ धेरै बढाउन पनि सक्छ ।

चिया दोस्रो पटक तताएर पिउँदाका बेफाइदाहरू

– चिया बनाएको १५ देखि २० मिनेटभित्रै खाइहाल्नुपर्छ । धेरै बेरसम्म चिया राखिरहँदा त्यसमा रहेको पोषक तत्त्व हराएर जान्छ । र दोस्रो पटक तातो बनाएको चियामा हुने निकोटिनले स्वास्थ्यमा नकारात्मक असर गर्छ । साथै, यसले पाचन प्रक्रियालाई पनि बिगार्ने गर्छ ।

– एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन्।

– चिया पकाएर धेरै समय राख्दा यसको रङ पनि कडा हुने तथा यसमा रहेको पोषकतत्व नष्ट हुने बताइन्छ । पुनः तताएर पिउने बानीले चियामा हुने निकोटिनले स्वास्थ्यमा असर गर्ने बताइन्छ ।

– एक पटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन् । त्यसैले चिया बनाउँदै हुनुहुन्छ भने त्यसलाई तत्कालै पिउने गर्नुस् बचेको छ भने सकभर त्यसको उपभोग नगर्नुस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१