बुढानीलकण्ठ नगरपालिकाको आ.व. ८१/८२ को आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तव्य पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०८१, शुक्रबार ०५:३९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १४ औं अधिवेशनको पाँचौ बैठकबाट आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तव्य पारित भएको छ ।

नगरपालिका सभाहलमा असार २० गते बसेको बैठकबाट यस अघिका बैठकहरुमा पेश भएका आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तब्य उपर छलफल र सुजाब संकलन पश्चात नगरसभा अध्यक्ष, उपाध्यक्ष ,सचिव र नगर सभा सदस्यहरुले बैठकबाट पारित गर्नुभएको हो ।

नगर सभाले तयार गरी पारित भएको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेट ३ हर्ब २५ करोड रुपैयाँ रहेको छ । नगर अधिवेशनको तालिका अनुसार आगामी असार ३१ गते बैठक बस्ने गरी  बैठक स्थगन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१