नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०८१, बिहीबार ०६:२०

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको मुख्य दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।

बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो बैठकले दुई ठुला दल र अन्य दलहरूले पनि नयाँ सत्ता समीकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘दुई वटा ठुला दल नेपाली कांग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वाभाविक रूपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्ग प्रशस्त गर्नुपर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरू दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।’

त्यसैगरी बैठकले नयाँ सत्ता समीकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबिचको समझदारी सबै दलहरूसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१