महामन्त्री मुकुल ढकाललाई रास्वपाले गर्‍यो निलम्बन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०८१, बिहीबार ०६:१२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।

रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।

निलम्बनमा परेपछि महामन्त्री ढकालले भनेका छन्– ‘जनताको आवाज बोल्दा पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१