कोकिनसहित २ विदेशी नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०८१, बिहीबार ०६:०८

काठमाडौं । लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ वर्षका रामदानी सिम्बा मवाबुम्बा र ५२ वर्षका तवालिब किपेवु पसुआ छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूबाट १ किलो २४७ ग्रााम लागुऔषध कोकिन बरामद भएको छ ।

दुवैजना ९ असारमा कतार एयरवेजको उडानमार्फत काठमाडौं आएका थिए । उनीहरूलाई ठमेलको एक होटलबाट ७२ वटा क्यापसुलसहित पक्राउ गरिएको हो । उनीहरूले प्लाष्टिकमा कोडेट गरेर निलेर कोकिन ल्याएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१