कसरी घटाउने पेटको बोसो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८१, सोमबार १७:५२

अझै पनि हाम्रो नेपाली समाजमा मोटो भयो, ठुलो पेट लाग्यो भने सुख पाएछ भन्ने चिन्तन अझै पनि हामीकहाँ कायमै छ ।

परदेश गएर आएको छोरो मोटाएर आएन भने यसको कमाई राम्रो नभएको र बिहे गरेर गएकी छोरी मोटाईन भने घरमा सुख छैन भन्ने बुझाई अझै पनि छ ।
तर हामी यो कुरा बझ्दैनौं कि, मोटोपन रोगको भण्डार हो ।

मोटोपनलाई समयमा व्यवस्थापन गर्न सकिएन भने मुटुरोग, उच्च कोलेस्टोल कलेजोमा बोसो जम्ने र कलेजो खराब हुने, उच्च रक्तचाप जस्ता विभिन्न प्राणघातक नसर्ने रोगहरु देखि विभिन्न खालका क्यान्सरसम्म हुन सक्छ ।

मोटोपन धेरै भएका व्यक्तिमा रक्तचााप कोलेस्टेरोल मधुमेहको मात्रा सामान्य स्तरमै छ भने पनि हृदयघात हुने सम्भावना सामान्य व्यक्तिमा भन्दा २८ गुणा बढी हुने अध्ययानले ख्लाएको छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार संसारभर मोटोपनका कारण हरेक बर्ष कम्तीमा २८ लाख मानिसको मृत्यु हुने गरेको छ ।

अहिलेकै अवस्था रहेमा सन् २०२५ सम्ममा २ करोड ७० लाख मानिस मोटोपनको सिकार हुने देखिन्छ ।

आम मानिसलाई मोटोपन अर्थात भुँडी लाग्ने समस्याले सताईरहेको देखिन्छ ।

पेटमा जमेको बोसो कम गर्नु सबैभन्दा मुश्किल काम हो ।

चिकित्सकहरुका अनुसार कम्मर वरिपरि जमेको बोसो मुटुसँग सम्बन्धित रोग, पिठ्युको दुखाईजस्ता समस्यको कारण बन्न सक्छ ।

कतिपयः मानिसहरु पेटमा जमेको बोसो कम गर्न औषधिको प्रयोग गर्ने गर्दछन् ।

बजारमा पाईने त्यस्ता औषधीहरुले नोक्सान पुर्याउने विज्ञहरु बताउँछन् ।

त्यसैले, सकेसम्म पेटमा जम्म भएको बोसो कम गर्न केही घरेलु उपायहरु अपनाउन सकिन्छ ।

 

काब्रोहाइड्रेट

काब्रोहाइड्रेटयुक्त खानेकुराले पेटको बोसो कम गर्न मदत गर्दछ ।

हरेक दिन ५० ग्रामभन्दा बढी काब्रोहाइड्रेटयुक्त खानेकुरा खानुहँदैन ।

यो भन्दा बढी काब्रोहाइड्रेटयुक्त खाना खाँदा मधुमेह, पाठेघरमा समस्य आउँछ ।

काब्रोहाइड्रेटको मात्रा मिलाएर खाने हो भने १७ प्रतिशत पेटको बोसो कम हुन्छ ।

मादकपदार्थ

मादकपदार्थको ज्यादा मात्रामा पिउने बानीले कलेजो बिग्रने सम्भावना बढी हुन्छ ।

त्यक्ति मात्रै नभएर मादकपदार्थले पेटमा बोसो पनि उत्तिकै बढाउँछ ।

एक अनुसन्धानका अनुसार हप्तामा २ वा ३ पटक एक गिलास बियर पिउँदा पेटमा बोसो कम हुँदै जान्छ ।

प्रोटिन

पेटमा भएको बोसो कम गर्न प्रोटिनको सेवन गर्न आवश्यक छ ।

फाइबर जस्तैः प्रोटिनले पनि लामो समयसम्म पेट भरिएको आभाष गराउँछ ।

यसका लागि माछा, मासु अण्डा दुधबाट बनेका परिकार, हरियो सागपात इत्यादि खाने गर्नु पर्दछ ।

ग्रिन–टि

ग्रिन–टि पिउँदा मेटाबोलिज्म बलियो हुन्छ ।

जसले प्राकृतिक रुपमै शरिरको तौल कम गर्र्दछ ।

बृत
हप्ताको एक दिन बृत बस्दा पनि स्वास्थ्यलाई फाईदा पुग्ने चिकित्कसहरु बताउँछन् ।

जसले शरिरमा पैदा हुने क्यान्सरका सेललाई पनि मार्छ । बृत बस्दा बोसो पनि कम हुँदै जान्छ ।

तेल

शरिरमा बोसोको मात्रा कम गर्न खानेकुरा पकाउँदा प्रयोग हुने तेल परिवर्तन गर्नुपर्दछ ।

अनुसन्धानका अनुसार नरिवलको तेलले पेटको बोसो कम गर्न मदत गर्दछ ।

शरिरमा चिनीको मात्रा कम गर्नका लागि नरिवलको तेल फाईलाजनक हुन्छ ।

अनुसन्धानका अनुसार नरिवलको तेलले तपाईको पेटलाई १.१ इन्चसम्म कम गर्न मदत गर्दछ ।

तनाव

विज्ञका अनुसार मोटोपनका एक कारण तनाव पनि हो ।

मानिसहरु तनावका कारण डाइटका ध्यान दिदैनन् । भने कोही आवश्यकता भन्दा बढी खाने गर्दछन् ।

यसको असर मोटोपन बढन थाल्छ । त्यसको लागि ७ देखि ८ अनिवार्य सुत्ने गर्नुपर्दछ ।

गुलियो खानेकुरा

पेटको बोसो कम गर्न गुलियो खानेकुरा खान छोड्नुपर्छ ।

चकलेट पेयापदार्थ, जेली चिया र दुधमा धेरै चिनी खान बन्दा गर्नुपर्दछ ।

दिनमा २ चम्चाभन्दा बढी चिनीको प्रयोग गर्नुहुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१