काठमाडौं । गायिका केटी प्राइसका अनुसार जब देखि उनलाइ उनका श्रीमान कीरान हेयलरले धोका दिएको कुराको बारेमा थाहा भयो, त्यसबेला देखि आफु निकै डराउने गरेकी छन ।
स्मरणीय छ, केही समय अघि मात्र कीरान तथा केटीका दुइ जना साथीहरूको सम्बन्धका बारेमा खुलासा भएको थियो, तर केटीले कीरानलाइ माफि दिँदै यस कुरालाइ यहिँ टुङ्ग्याएकी थिइन ।वेबसाइट ‘फीमेलफर्स्ट डट को डट यूके’ को एक रिपोर्त अनुसार, गत बर्ष कीरानका साथमा बैबाहिक बन्धनमा बाँधिएकी केटीले भनिन कि उनलाइ हरेक दिन उनका श्रीमानले धोका देलान कि भन्ने डर भैरहन्छ ।
उनले एक कार्यक्रम ‘द मर्निग’ मा भनिन, ‘म यस घटनालाइ कहिल्यै भूल्न सक्दछ । हरेक दिन मलाइ यस कुराले निकै सताउने गरेको छ । तर म जीवनमा आशावादी हुने कोशिश गर्दछु । मानिसहरूलाइ लाग्दछ कि कुनै व्यक्ति एल्कोहल वा ड्रगको कुलत को शिकार हुन सक्दछ, तर यो कुरा स्वीकार गर्न आवश्यक छ कि कुनै मानिस यौन आसक्त पनि हुन सक्दछ ।’
जे होस कुनैपनि श्रीमतीलाइ श्रीमानको यस प्रकारको व्यवहार त पक्कै पनि मन पर्दैन, चाहे उ निकै ठुलो सेलिब्रेटी नै किन नहोस ।
प्रतिक्रिया