टोखा नगरपालिका वडा ६ को सार्वजनिक सुनुवाई सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८१, आईतवार ०६:३१

काठमाडौं । टोखा नगरपालिकामा वडा ६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा ६  ले आर्थिक वर्ष ०८०/०८१ प्रारम्भ भएदेखि हाल सम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

टोखा नगरपालिकामा वडा ६  ले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गर्ने गरेको टोखा नगरपालिकामा वडा ६  का अध्यक्ष शान्ता खनाल  र वडा सचिब रमा अर्यालले बताउनुभयो । कार्यक्रम मार्फत उहाँले आ.व. २०८०/८१ श्रावण महिना देखि हाल सम्म भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको बृस्तूत  विवरण पेश गर्नुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकामा वडा ६  ले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा १८  जना नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

नागरिकहरु बाट प्राप्त भएका गुनासाहरु वडा ६  का अध्यक्ष शान्ता खनाल वडा सदस्यहरु, वडा सचिब रमा रमा अर्याल र  स्वास्थ्य इन्चार्ज सरिता शर्माले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आएका सुझाबहरुको उच्च मुल्याङ्कन गर्दै वडाको गतिविधीलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न मद्दत पुग्ने टोखा नगरपालिकामा वडा ६  का अध्यक्ष शान्ता खनालले बताँउनुभएको छ ।

टोखा नगरपालिकामा वडा ६  का शान्ता खनालको  सभाअध्यक्षमा  भएको कार्यक्रममा वडा सदस्य तन्जु नेपाल लुइँटेल ,चन्द्र प्रकाश श्रेष्ठ,बलराम राउत क्षेत्री,ममता सुनार वि.क  सहित  कर्मचारी लगाएत प्रमुखहरु, राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार , महिला समुह  तथा सरोकारवालाका साथै स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । टोखा नगरपालिका वडा ६  को आयोजनामा भएको कार्यक्रमको स्वागत मन्तब्य वडा सदस्य चन्द्र प्रकाश श्रेष्ठले गर्नुभएको थियो भने  सहजीकरण शुभम मल्टिमिडियाका तर्फबाट मुकुन्द ढुंगाना ,डीबी पराजुली र पत्रकार अनिल अधिकारिले सहजिकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१