एमालेको अधिवेशन कति जिल्लामा भयो, कहाँ-कहाँ बाँकी छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८१, आईतवार ०५:३२

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सकेको छैन ।

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।” उनले भने ।

अध्यक्ष डा सुब्बाका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनले बताए । अधिवेशन सकिएकामध्ये करिब ८३ प्रतिशत जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१