गण्डकीका मन्त्री फणीन्द्रको सांसद पद गुम्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०८१, शनिबार ०५:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटाले सांसद पद गुमाएका छन् । गत २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा उनले दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए । सोही दिन माओवादीले उनलाई २४ घण्टे प्रष्टीकरण सोधेको थियो । उनले प्रष्टीकरणसमेत दिएका छैनन् ।

उनलाई उनी निर्वाचित भएको दल माओवादी केन्द्रले कारबाही गरेको हो । सो सम्बन्धी पत्र सभामुख कृष्ण धितालले आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा वाचन गरेर सुनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१