काठमाडौं,२७ कार्तिक । पर्यटन सचिव सुरेशमान श्रेष्ठले मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउने गरी पर्यटन कार्यक्रम सार्वजनिक गरिने बताएका छन् । नेपाल पर्यटन बोर्डमा आइतबार भएको बोर्डको वार्षिक कार्यक्रम र बजेटसम्बन्धी कार्यक्रममा बोर्डका अध्यक्ष समेत रहेका सचिव श्रेष्ठले वार्षिक ७/८ लाख पर्यटक भित्र्याएर मात्रै नहुने बताए । उनले नेपालले अझै गुणस्तरीय पर्यटक भित्र्याउन नसकिएको बताए । संस्कृति, पर्यटन, नागरिक उड्डयन र पूरातत्वलाई सँगै लैजाने गरी बोर्डको कार्यक्रम छिट्टै सार्वजनिक गरिने पनि उनले उल्लेख गरे । बोर्डले चालु आर्थिक वर्षमा साढे ७ लाख पर्यटक हवाई मार्ग भएर नेपाल भित्र्ने प्रक्षेपण गरेको छ । बोर्डले युरोप क्षेत्रका पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याउने तयारी गरिरहेको पनि जनाइएको छ ।
प्रतिक्रिया