प्रदेश संरचना थर्ड लेयरका नेताहरुको पार्किङ स्थल बनेको छः गृहमन्त्री लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८१, बिहीबार ०५:२७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचना तेस्रो तहका नेताहरुको व्यवस्थापन गर्ने ठाउँ बनेको बताएका छन् । आज (बुधबार) नेपाल समाजवादी पार्टी स्थापना दिवसको अवसरमा डा. बाबुराम भट्टराईले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संविधान र व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मबमोजिम नरहेको बताएका हुन् ।

उनले प्रदेश संरचना बेढङ्गको रहेको बताउँदै ढङ्गको बनाउन लागिपरेको बताए । उनले भने, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु पनि उब्जिएका छन् । प्रदेश जुन ढंगले बनेको छ, अहिले संविधानले जे परिकल्पना गरेको छ, त्यही प्रदेश हो ? त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि ? त्यसलाई बदनाम गराउने काम गरेको छ । त्यो बेढङ्गको छ, ढङ्गको बनाउन पर्छ भनेर मैले पनि भनेकै हो, म अहिले पनि भन्छु् । बेढङ्गको भएको छ । त्यो चाहीँ दोस्रो, तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने पार्किङ स्थल बनेको छ । थर्ड लेयरका नेताहरुलाई कही पठाउन पर्यो भने तपाईँ प्रदेशतिर जानुस् न त भनेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१