काठमाडौँ । टोखा नगरपालिका वडा न ६ ले असार १ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । वडा न ६ ले बुधबार एक सूचना जारी गर्दै वडा ६ को वडा कार्यालयको सभाहलमा सार्वजनिक सुनुवाई गरिने वडा अध्यक्ष शान्ता खनालले जानकारी दिनुभएको छ ।
वडा न ६ को आयोजनामा असार १ गते हुने सार्बजानिक सुनुवाई कार्यक्रममा सरोकारवाला सम्पूर्ण नागरिक तथा वडाबासी,महिला समुह,आमा समुह, उपभोक्ता समिति टोल बिकास समिति लगाएतलाइ सार्वजनिक सुनुवाईमा उपस्थितिको लागि अनुरोध गर्दै सल्लाह, सुझाव र गुनासो भए सोको सवाल जवाफ गर्न सकिने अध्यक्ष शान्ता खनालले जानकारी दिनुभयो । कार्यक्रम बिहान ७ बजे वडा ६ को सभाहल सञ्चालन हुने वडाले जनाएको छ ।
प्रतिक्रिया