एनईओएन बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित

evccfn@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८१, मंगलवार ०८:५३

काठमाडौं । नेपाल राष्ट्रिय इन्जिनियर संगठन बागमती प्रदेशको प्रथम सम्मेलनबाट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (एनईओएन) बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
सम्मेलनले उपाध्यक्षमा सुजन लामिछाने र अर्जुन श्रेष्ठ, सचिवमा सुदर्शन कुमार मल्ल, सह(सचिवमा सुमन पोखरेल र प्रशान्त थापा र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ पनि निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै, सदस्यहरूमा वीरेन्द्र विक्रम लामा, अखिलेश यादव, नीता झाङ, अनुषा बोहरा, सरला केसी, विवेक मगर, सुरज पराजुली, सविन सिलवाल, भूमिनन्द ढकाल, रत्नेशकुमार चौधरी, माधव कँडेल, अंकित श्रेष्ठ, अनिल महर्जन, मनोज घिमिरे, मिथिला विहारी साह र गीता भट्ट निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१