आज त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८१, सोमबार ११:५७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ । नागरिक उड्ययन प्राधिकरणले एक सूचना निकालेर विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासहरूमध्ये एयरक्राफ्ट एसिडेन्ट इन एयरपोर्टको पूर्णकालीन अभ्यासका कारण दिउँसो १ बजेदेखि आधा घण्टाका लागि विमानस्थल बन्द हुन लागेको जनाएको छ।
कार्यालयका अनुसार अपराह्न १:०० बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये Alert 9.3.1 (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।
प्राधिकरणका अनुसार अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको पनि देख्न सकिने छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१