नेपाल पत्रकार महासंघकाे निर्वाचन स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०८१, शनिबार ०६:०६

काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको निर्वाचन स्थगित भएको छ । महासंघकाे निर्वाचन अन्तिम समयमा आएर स्थगित भएकाे हाे । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्ने गरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने विज्ञप्तिमा उल्लेख छ ।

मतदाता नामावलीका विषयमा विवाद भएपछि विभिन्न पत्रकार संघ संस्थाले महासंघमा तालाबन्दी पनि गरेका थिए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१