ब्युटी सेक्रेट ब्राइडल मेकअप कम्पिटिसन भव्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८१, शुक्रबार १३:०३

ब्युटी सेक्रेटद्वारा आयोजित ब्राइडल मेकअप कम्पिटिसन–२०२४ गत शनिबार स्मार्ट महल धुम्बाराहीमा सम्पन्न भएको छ । प्रतियोगिता भिन्न अडिसनवाट छानिएका मेकअप आट्स्टिहरुले आ-आफ्ना मोडललाई ब्राइडल थिममा मेकअप गराइ र्‍याम्पमा उतारेका थिए । प्रतियोगितामा मेकअप आर्टिस्ट मनिशा तामांग विजयी भइन् भने सोनु राइ फस्ट रनर अप र नम्रता चौधरी सेकेन्ड रनर अप भए ।

यस प्रतियोगितामा उत्कृष्ट भएपबात मनिशा तामांगले नगद ३० हजार रुपैया सहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन् । फस्ट रनरअप सोनु राइले २० हजार रुपैया र नम्रता चौधरी सेकेन्ड रनर अप हुदै १० हजार रुपैया सहित विभिन्न उपहार प्राप्त गरिन् ।

भारत बाट आएका मेकअप आर्टिस्ट अमन यादवले मेकअप र हेयर तथा ब्लो ड्रायरका बिषयमा प्रशिक्षण दिएका थिए यस्तै व्यक्तित्व बिकास कसरि गर्ने भन्ने बिषयमा मिस नेवा फस्ट विनर एलिसा बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो । मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको कार्यक्रमकी आयोजक तथा ब्युटी सेक्रेटकी अध्यक्ष सुमी रंजितले जानकारी दिनुभयो

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१