गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी बिगो ललितपुरको गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जन निलम्बित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०८१, मंगलवार ०५:४४

काठमाडौं । ललितपुरको गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जन निलम्बित भएका छन् । उनीविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको खण्डमा सो मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

नदीजन्य पदार्थ ढुङ्गा, गिटी बालुवालगायतको सरकारी दर रेट कम कायम गरी ठेक्का दिएको र राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ ।

मेयर महर्जनसहित १४ जनाविरुद्ध आज अख्तियारले विशेष अदालतमा एक अर्बभन्दा धेरै विगो माग दाबी गर्दैै मुद्दा दायर गरेको गरेको छ । उनीहरुविरुद्ध विभिन्न ५ वटा मुद्दा दायर भएको हो । अब सो मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म मेयर महर्जन निलम्बनमा रहनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१