‘अपहरण गरिएका छात्राहरूलाइ मुक्त गरे १० देखि १२ जनासँग सेक्स गर्ने पप गाइका !!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ कार्तिक २०७१, बुधबार १२:३२

बोको हराम उग्रवादीहरूको कब्जामा परेका २ सय ७६ छात्राको रिहाइका लागि एक पप गायिकाले आफूसँग यौन सम्पर्क राख्न कब्जाकारीलाई आह्वान गरेकी छिन् । हलिउडकी २३ वर्षीया पप गायिका अडोकिएले यस्तो आह्वान गरेकी हुन् ।

उनले यस्तो आह्वानका साथमा एक सर्त राखेकी छिन्, उनीसँग यौन सम्पर्क गरेवापत ती विद्यार्थीलाई उग्रवादी समूहको कब्जाबाट मुक्त गरिनुपर्नेछ । यदि उनीहरूले ती छात्रालाई मुक्त गराएको खण्डमा उग्रवादी समूहसमक्ष अकोडिया आफैंले आत्मसमर्पण गर्नेसमेत उनले घोषणा गरेकी छिन् । ‘अपहरण गरिएका छात्राहरू साना उमेर समूहका छन् । nigeria singer
उनीहरूलाई जे पनि हुन सक्छ । यो अन्याय हो । उनीहरूलाई मुक्त गरिए म आत्मसमर्पण गर्न तयार छु, उनले भनेकी छिन्– ‘अपहरणमा परेका छात्राहरू १२ देखि १५ वर्ष उमेरका रहेका छन् । मसँग पूर्ण अनुभव छ कि १० देखि १२ जनासम्मले शारीरिक सम्बन्ध राखेको खण्डमा मलाई कुनै फरक पर्दैन।’
उनको उक्त खुला आह्वानले ट्विटरमा निकै चर्चामा परिचर्चा पाइरहेको छ । बोको हराम आतंककारी समूहले झन्डै दुई महिनाअघि नाइजेरियाको एक स्कुलबाट २ सय ७६ जना छात्रालाई कब्जामा लिएका थिए । समाचारमा जनाइए अनुसार ती छात्राका बारेमा कुनै जानकारी बाहिरिन सकेको छैन ।
आतंककारी समूहले नै ती छात्राका केही भिडियो सार्वजनिक गरेको थियो । एक भिडियोमा एक छात्राले भनेकी छिन् कि उनीहरूले इस्लाम धर्मलाई अपनाएका छन् र उनीहरूलाई आतंककारी समूहले कुनै नकारात्मक व्यवहार गरेका छैनन् । भिडियोमा ती छात्राले कुरान पढिरहेको दृश्यसमेत देखाइएको थियो ।
अडोकियाले भने ती छात्राको सुरक्षित रिहाइका लागि आफ्नो कुमारीत्व तोड्नसमेत आह्वान गरेकी हुन् । उनलाई अरूले यसबारेमा मजाक गरिरहेको भनी आलोचनासमेत गरिरहेका छन् भने अडोकियाले चाहिँ यो कुनै मजाक नभएर आत्मादेखि नै भनिरहेको दाबी गरेकी छिन् । उनले यस प्रकारको अफर पहिले पनि दिएकी थिन्। उनले यसअघि आफ्नी आमालाई जसले विमान उपहार दिन सक्छ, ऊसँग शारीरिक सम्बन्ध राख्न तयार रहेको बताएकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१