सन्दीपलाई भीसा दिन चौथोपटक अमेरिकाद्धारा अस्वीकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०८१, शुक्रबार ०५:११

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेले भिसा फेरि रिजेक्ट भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो। तर अन्तरवार्तापछि पनि उनको भीसा अस्वीकार भएको छ । उनले यसअघि तीन पटकसम्म भीसाका लागि प्रयास गरेका थिए ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । सन्दीपले हालै बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएकबा थिए । बलात्कार मुद्दाबाट सफाइ पाएसँगै टी २० विश्वकपका लागि अमेरिका जाने तयारी गरेका उनलाई अमेरिकाले भीसा नदिएसँगै विश्वकप खेल्ने सपनामा लगभग पूर्णविराम लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, असार २३, २०८१