सामाजिक अभियन्ता सुमन सिलाधर राष्ट्रिय दलित मुक्ति अभियानको केन्द्रिय सदस्यमा मनोनित

evccfn@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८१, बिहीबार २३:०२

काठमाडौं । समाजसेवी, बुद्धिजीवि,जुझारु ब्याक्तित्व तथा सामाजिक अभियन्ता कैलाली जिल्ला गौरिगंगा नगरपालिका बस्ने सुमन सिलाधर लाई राष्ट्रिय दलित मुक्ति अभियानले केन्द्रिय सदस्य पदमा मनोनयन गरेको छ ।
“दलित मुक्तिको एउटै आधार, पहिचान सहितको विशेष अधिकार ”भन्ने मुलनारा बोकि देशैभरी छरिएर बसेका उत्पीडित दलित समुदाय लाई आफ्नो हक अधिकारका लागि एकजुट हुनुपर्छ भनी जनचेतना जगाउदै हिडिरहको गौरवशालि संगठन “राष्ट्रिय दलित मुक्ति अभियान” लाई अझै शसक्त रुपले अगाडि बढाउनका लागि सिलाधरलाई अभियानको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको “राष्ट्रिय दलित मुक्ति अभियान”का केन्द्रीय संयोजक प्रेम बि.सी.ले जनाउनु भएको छ ।
दलित मुक्तिको चुनौतीपूर्ण यात्रामा महत्त्वपूर्ण योगदान र शसक्त भुमिका निर्वाहगर्न सिलाधर सक्षम भएकोले यो पदको लागि योग्य ठानिएको भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिईएको छ ।
सिलाधर लामो समयदेखि कैलाली तथा आसपासका क्षेत्रमा सकृय महिला अभियन्ताको रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१