बुढानीलकण्ठ वडा नं. १२ मा होमस्टे सम्बन्धी तालिम आजबाट सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८१, बिहीबार ०६:२५

काठमाडौँ  । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२  मा आ.व. २०८०/०८१ को बिनियोजित बार्षिक कार्यक्रम अनुसार होमस्टे तालिम तथा अवलोकन अन्तर्गत उध्यमशीलता विकास गरी स्वरोजगार वनाउने उद्धेश्यले वडाले होमस्टे सम्बन्धी तालिम आजबाट सञ्चालन गर्ने भएको छ ।

वडा नं. १२  मा होटल तथा होमस्टे व्यवसाय गरिरहेका सो सम्वन्धी तालिम लिन  इच्छुक स्थाई वसोवास गर्ने वडावासीहरुको निवेदन बमोजिम आजबाट ३ दिने  होमस्टे सम्बन्धी तालिम दिन लागिएको वडा अध्यक्ष शम्भु भट्टराईले  जानकारी दिनुभएको छ । नेपालको पहिलो महिलाहरु द्वारा संचालित पनौती होमस्टेमा हुने कार्यक्रममा जनप्रतिनिधि सहितको उपस्थिति रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१