अकुत सम्पत्ति कमाएका विकल पौडेललाई थुनामा पठाउने आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८१, बिहीबार ०५:३४

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको आजको इजलासले पौडेललाई थुनामा पठाउने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकलविरूद्ध गत जेठ ९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीविरुद्ध परेका ४ वटै मुद्दामा दोषी ठहर भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१