अर्थमन्त्री पुन भन्छन्: आउने-नआउने टुङ्गो थिएन, हतारो र राजनीतिक दबाबको मुडमा बजेट ल्यायौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८१, बिहीबार ०५:०९

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउन हतारो र राजनीतिक दबाब महशुस गरेको बताएका छन्।

अर्थ मन्त्रालयमा बजेटबारेको अन्तर्क्रियामा बोल्दै मन्त्री पुनले बजेटका लागि बिहान ३ः३० बजेसम्म मन्त्रालयमै बसेर काम गरेको बताए। ‘बजेट तयारीका क्रममा हतारोजस्तो थियो । तर हामी सबै रिल्याक्स मुडमै छौं’, उनले भने, ‘सोमबार बिहान साढे ३ बजेसम्म मन्त्रालयमै थिएँ । त्यसपछि गएर सुतेँ । अर्थसचिवलले म्याट्रेस ल्याउनुभएको रहेछ, यहीँ (मन्त्रालयमै) सुत्नुभयो ।’

उनले बजेट आउने-नआउने शंकाबीच आफूहरू सफल भएको बताए । ‘बजेट नै आउने/नआउने टुङ्गो थिएन’, उनले भने, ‘तर अहिले बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको छ, हामी खुशी छौँ ।’

मन्त्री पुनले पत्रकारहरुसँग बजेट निर्माणका क्रममा राजनीतिक दवाव पनि झेल्नुपरेको स्मरण गरे । उनले बजेट लेखका लागि संलग्न कर्मचारीहरुले राम्रो साथ दिएको पनि उल्लेख गरे ।

उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएकाले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न लागिएको बताए। आफ्नो भूगोल सुनाउने अर्थ नीति, क्षमता अनुसारको जनशक्ति कस्ता उत्पादन हुँदैछ भनेर अध्ययन गरेर अगाडि बढ्ने समेत बताए। विज्ञान प्रविधिको प्रयोग, यस अगाडि सीमा र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर आयोगबाट प्रतिवेदनमा प्राप्त हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१