सोलुखुम्बु ,२६ कार्तिक । सोलुखुम्बुको चौरीखर्क ८ स्थित नेष्टएट लुक्ला होटेलमा एक अमेरिकी पर्यटक मृत अवस्थामा भेटिएका छन् । अमेरिकामा बस्दै आएका इरानी मुलका ६५ बर्षिय अमेरिकी नागरिक नेष्टएट होटलको कोठा नम्बर ११० मा मृत अवस्थामा भेटिएका हुन् ।
कात्तिक २१ गते नेपाल आएका अमेरिकी नागरिक २२ गते काठमाण्डौबाट लुक्ला पुगेका थिए । २२ र २३ गते चाउचाउ मात्र खाएको र २४ र २५ गते आवाज नआएपछि होटलका साहुले प्रहरीलाई खबर गरेका थिए । ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लुक्लाबाट गएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट सुसाईट नोट बरामद गरेको छ । उनले मर्न भन्दा पहिला म अल्जाईमरको रोगी हुँ। म मरेपछि यो कम्प्यूटर नजिकैको स्कुललाई दिनु। मलाई नेपाली मन पर्छ। भनेर लेखेको नोट फेला परेको छ ।
घटना बारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिक्रिया