सञ्चार माध्यम र समाजिक सञ्जालमा प्रकासित समाचार प्रति बुढानिलकण्ठ नगरपालिकाको गम्भीर ध्यानाकर्षण बिज्ञप्ति साहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८१, मंगलवार ०५:५९

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुलाई जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको समाचार संचार माध्यम र सामाजिक संजालमा प्रकासित सामाग्री प्रति गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाले बताएको छ।

नगर प्रमुख मिठाराम अधिकारीले बिज्ञप्ति जारी गर्दै जिल्ला अदालतको आदेस उपर कानुनी बाटो अबलम्बन गर्ने हक रहेको बताउदै भ्रम पूर्ण अवस्था सृजना हुनेगरी सामाग्री प्रकासन /प्रसारण नगर्नका लागि अनुरोध गरिएको छ।

२०७७ साल जेष्ठ २६ गते बसेको बुढानिलकण्ठ नगर कार्यपालिकाको निर्णय अनुसार कोरोना प्रकोपको समयमा आइसोलेसन भवन निर्माण भएको जानकारी दिदै नगरपालिकाले नगर अस्पताल भवन अगाडीको जग्गा विवाद समाधानका लागि २०८० साल मंगसिर १४ गते काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य ,नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सहितको बैठक समेत गरिएको उल्लेख गरिएको छ।

करिव ३ वर्ष १० महिना भन्दा बढी चलेको सो मुद्दाको फैसला आए संगै नगरपालिकाले माथिल्लो अदालतमा जाने तयारी गर्दै गम्भीर कानुनी परामर्श शुरु गरेको श्रोतले जानकारी दिएको छ।

नगरपालिकाको बिज्ञप्ति :

May be an image of ticket stub and text

जेष्ठ ११ गते भएको अदालतको फैसला :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१