राप्रपाद्वारा गिरीबन्धु जग्गा घोटालाको छानबिन गर्न माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८१, मंगलवार ०५:४७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरीबन्धु टीस्टेट घोटालाको छानबिन गर्न माग गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले सरकारसँग गिरीबन्धु जग्गा घोटालाको छानबिनको माग गर्ने निर्णय गरेको हो ।

‘गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन् । यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ’, अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१