स्थानीय तहको सवारी साधन खरिद तथा मर्मतमा ६ अर्ब बढी खर्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८१, मंगलवार ०५:४४

काठमाडौं । स्थानीय तहहरुले गत आर्थिक वर्षमा सवारीसाधन खरिद तथा मर्मतमा ६ अर्बभन्दा बढी रकम खर्चेका छन् । स्थानीय तहहरुले चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन खरिद तथा मर्मतमा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार रुपैयाँ खर्च गरेका महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख गरीएको छ । जसमा ७५ स्थानीय तहले तीन अर्ब ६६ करोड ७१ लाख २० हजारको चार पाङ्ग्रे सवारीसाधान खररिद गरेका छन्।

त्यस्तै १३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजारको दुई पाङ्ग्रेसहित तीन अर्ब ८७ करोड ४३ लाख ५८ हजार बराबरको सवारीसाधान खरिद गरेका छन् ।

२६४ स्थानीय तहले सवारीसाधन मर्मतमा मात्रै ७३ करोड ६७ लाख ९ हजार र ३२७ स्थानीयतहले इन्धनमा एक अर्ब ५६ करोड ६९ लाख आठ हजार गरेर दुई अर्ब ३० करोड ३६ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१