सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०८१, मंगलवार ०५:२७

काठमाडौं । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपका लागि अनुमति मागेको थियो ।

सिरोहिया नागरिकता कीर्ते प्रकरणमा ७ दिनदेखि प्रहरी हिरासतमा छन् । म्याद थपका लागि अदालतमा उपस्थित गराईएको थियो । स्वास्थ्यमा समस्या देखा परेर अस्पताल भर्ना भएका उनलाई तेस्रो पटक म्याद थपका लागि धनुषा जिल्ला अदालत एम्बुलेन्समा लगिएको थियो ।

अदालतले पहिलो पटक र दोस्रो पटक ३/३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१