प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०८१, सोमबार ०५:०५

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहित १३ जनाविरु४ भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पौडेलसहित १३ जनाविरु४ विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७६-०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै न्यू हरि निर्माण सेवा प्रालि सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढाक्षेत्री, नवराज कन्ट्रक्सनका नवराज ढकाल र एनजल कन्ट्रक्सनका प्रोपाइटर भीमबहादुर बुढाक्षेत्रीविरुद्ध पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भ्रष्टाचारको मुद्दा दायर भएका उनीहरुले कूल ३६ लाख ७८ हजार ५४३ बराबरको सरकारी राजस्व रकम हिनामिना गरेको अख्तियारको दाबी छ ।

उनीहरुमध्ये कर्मचारी, हरि निर्माण सेवा सुर्खेतका सञ्चालक बुढा क्षेत्री र नवराज निर्माण सेवाका सञ्चालक ढकालविरुद्द छुटटा छुट्टै ३६ लाख ७८ हजार ५४३ विगो दाबी कायम गर्दै मुद्दा दायर गरेको हो भने एञ्जल निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतका सञ्चालक बुढाक्षेत्री विरुद्द २९ लाख एक हजार ६९६ रुपैयाँ विगो दाबी कायम गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१