साँखुमा सालकको खपेटासहित एक जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०८१, सोमबार ०५:०१

काठमाडौँ । प्रहरी प्रभाग साँखुले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ । आइतबार शंखरापुर नगरपालिका– ७ साँखुस्थित खटिएका प्रहरी टोलीले सुराकीको आधारमा शङ्का लागेर चेक जाँच गर्ने क्रममा सालकको खपेटासहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका वडा नम्बर ४ मा बस्ने वर्ष २४ वर्षका सञ्जय घ्लान रहेका छन् । उनलाई सालकको खपेटा १ थान सहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान एवम् कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको प्रहरी प्रभाग साँखुका इन्चार्ज नवीन चुदालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१