कांग्रेसको अवरोधलाई चिरेर संसद अगाडि बढ्छ : पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०८१, आईतवार ०५:४३

चितवन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले संसदमा अहिले गरिरहेको अवरोध अन्त्य गरेर सदन सञ्चालन गर्ने बताएका छन् ।

एमालेको चितवन जिल्ला कमिटीको ११ औं अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसले संसदमा गैरप्रजातान्त्रिक र असंसदीय चरित्र देखाएको टिप्पणी गरे । कांग्रेस अहिलेको सत्ता गठवन्धनबाट अत्तालिएको भन्दै पौडेलले २०८४ को निर्वाचन अगाडि कांग्रेस सत्तामा फर्किने कुनै सम्भावना नरहेको बताए ।

‘अहिलेसम्म कांग्रेस प्रतिपक्षमा बसेर चुनाव लडेको छैन, चुनाव आउँदा जहिल्यै कांग्रेस सत्तामा छ, उसलाई पहिलोपटक प्रतिपक्षमा राखेर निर्वाचन लड्न सिकाउनुपर्ने छ उसँग अनुभव पनि छैन’, उपाध्यक्ष पौडेलले भने, ‘एमाले पटकपटक विपक्षीमा बसेर चुनाव लडेर पनि आफूलाई स्थापित गरेको दल हो, अबको निर्वाचनमा कांग्रेसको पालो हो ।’

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेसको सदन अवरोधबाट संवैधानिक वाध्यता भएका विषयहरु समेत समस्यामा परेको बताए । उनले आगामी जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने बाध्यता रहेको भन्दै कांग्रेसले अवरोध गरे नारावाजीका बीच वा अध्यादेशबाट बजेट आउने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१