लामिछानेलाई कांग्रेस महामन्त्री शर्माको जवाफः ‘दाजुभाउजु क-कसको छानविन गर्नुछ गरे हुन्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८१, शुक्रबार ०५:२४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसका सबै सांसदहरुको छानविन गर्न चूनौति दिएका छन् । आज ९बिहिबार० आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसका सभापति, उपसभापति, महामन्त्री, सांसद् जसमाथि छानविन गर्नुपर्ने भएपनि गर्दा हुने बताएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले केही समयअघि संसद्मा कांग्रेसका नेता तथा सांसदहरुमाथि उठाएको प्रश्नमा केन्द्रीत हुँदै उनले भने, ‘हामीले के भनेका छौं भने कांग्रेसको सांसदमाथि, कांग्रेसको सभापतिमाथि, चलनचल्तीको भाषामा भन्दा दाजुमाथि, भाउजुमाथि, मामामाथि, माइजुमाथि, कांग्रेसको को–कोमाथि सभापति, उपसभापति, महामन्त्री, सदस्य को–कोमाथि रु भाइ, भतिजो, छोराछोरी नातिनी सबैमाथि क–कसको छानविन गर्नुछ रु नामै लेख्नुस्, थर लेख्नुस्, ठेगाना लेख्नुस्, रङ्ग लेख्नुस् । तर, छानविन गम्भीरतापूर्वक गर्नुस् । कुनै राजनीतिक दल यसरी उभिएर हाम्रो पार्टीका सबैमाथि छानविन गर्नुस् भन्न तयार छ रु’

उपप्रधान एवं गृहमन्त्री लामिछानेले छानविन गरौं दोषी भए म राजनीति छाड्छु, दोषी प्रमाणित नभए गगन थापाले राजनीति छाड्नुपर्छ भनी राखेको शर्तमा उनले दोषी देखिने मान्छेले राजनीति छाडेर नहुने बताए । दोषी जेल जानुपर्ने उनको भनाइ छ । उनले जो दोषी देखिन्छ, उसले मात्रै सजायको भागिदार हुनुपर्ने बताए । उनले ‘सतिप्रथा उहिल्यै चन्द्र शमशेरको पालामा अन्त्य भएको’ भन्दै गृहमन्त्री लामिछानेलाई जवाफ दिए । ‘विश्वप्रकाश शर्मामाथि छानविन गर्ने, विश्वप्रकाश शर्मा दोषी देखियो भने जेल जाने, बाँकी कांग्रेस जाने होईन । सति प्रथा हो रु श्रीमानको मृत्यु भएपछि श्रीमती पनि जाने रु चन्द्र शमशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो,’– महामन्त्री शर्माले भने ।

उनले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा उभिएर भन्न चाहीँ अन्तर्राष्ट्रिय स्तरकै छानविन समिति बनाउन भनेपनि कुनै पनि सहकारी र गोर्खा मिडियाको नाम उल्लेख गर्न नहुने अड्डी कसेको उनको भनाइ छ । उपप्रधान एवं गृहमन्त्री लामिछानेले अस्पतालको आगनमा आएका सबैलाई एकै पटक अप्रेशन गर्नुपर्छ भनेको उनको महामन्त्री शर्माले बताए । उनले भने, ‘रवि लामिछानेजी निर्दोष हुनुहोला । हामीले दोषी भन्न पाउँदैनौं । हामीले दोषी भनिरहेका पनि छैनौं । प्रधानमन्त्रीले संसद्मा उभिएर उहाँ निर्दोष भन्न पनि पाउनुहुन्न । उहाँ न्यायाधीश होईन । छानविन समितिले जे भन्छ, त्यही मान्ने । संसद्मा उभिएर भन्दा चाहीँ अन्तर्राष्ट्रिय छानविन समिति बनाए हुन्छ भन्दिने । तर, छानविन समिति बन्दैगर्दा गोरखा मिडिया लेख्ने कि नलेख्ने भन्दा हुँदैन हुँदैन त्यो चाहीँ लेख्न पाईँदैन, सूर्यदर्शन सहकारी लेख्न हुन्छ कि हुँदैन रु हुँदैन, हुँदैन त्यो पाइँदैन । के गर्ने भन्दा सबैको एकैचोटी छानविन । मानिलिऊँ अस्पतालको आगनमा आएका सबै विरामीको एकैचोटी अप्रेशन । अस्पतालमा आएका सबै विरामीको अप्रेशन हुँदैन । अस्पतालमा आएक कसलाई एण्डिबायोटिक दिने, कसलाई भिटामिन दिएर पठाउने हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१