“दलित एकता अभियान तथा स्मृति सभा” सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
१० जेष्ठ २०८१, बिहीबार २२:०४

काठमाडौं । उत्पीडीत समन्वय मञ्च चौमाला, गौरीगंगा नगरपालिका कैलालीको आयोजनामा “ दलित एकता अभियान तथा स्मृति सभा” सम्पन्न भएको छ ।
“सधैं जुटेऔं अरूको लागि, अब जुटौं आफ्नो हक अधिकार र आत्मसम्मानको लागि”भन्ने मुल नाराको साथ सामाजिक समानता, आत्मसम्मानका साथै पूर्ण हक अधिकारको ग्यारेण्टीका लागि राष्ट्रिय दलित मुक्ति अभियान अन्तर्गत “दलित एकता अभियान तथा स्मृति सभा” सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी. प्रमुख वक्ताको रुपमा रहनु भएको थियो भने कार्यक्रममा गौरीगंगा नगरपालिकाका मेयर देवीदत्त कँडेल बिभिन्न वडाका वडा अध्यक्ष हरु, स्थानिय दलित जागरण अभियानका अभियन्ताहरु, बुद्धिजीबि तथा सामाजिक व्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी.ले आफ्नो मनतव्य राख्दै आज पनि राज्यले दलितहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा ब्यबहार गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।
२०६३ को अन्तरिम संबिधानमा दलितहरुलाई बिशेष अधिकार दिने भनेर लेखिएपनि २०७२को संबिधान लेख्दा ति सबै ब्यवस्थाहरुलाई हटाएर आरक्षणमा झारेकोभन्दै राज्यले आर्थिक ,सामाजिक,राजनैतिक तथा सांस्कृतिक रुपमा दलितहरुलाई हेपेको आरोप लगाउनु भयो ।
दया मायाले दिएको आरक्षण होईन हजारौं बर्षबाट उत्पिडनमा राखिएकोले त्यसको क्षतिपुर्ति सहितको बिशेष अधिकार दिनु पर्ने भन्दै राज्यको बिभेदकारी नितिको बिरुद्ध राष्ट्रिय दलित मुक्ति अभियान शसक्त रुपमा लागि रहने उहाँले बताउनु भयो ।
बि.सी. लामो समयदेखि दलित अधिकारको बिषयमा शसक्त आवाज उठाउँदै आएका अभियन्ता पनि हुनुहुन्छ ।
समानताको लागि बर्षौ लडाई गरेर सत्तामा पुगेका पार्टीले समेत त्यहि समुदायको पक्षमा कार्य गर्न नसक्नु हास्यासपद भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१