सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी छैन :प्रधानमन्त्री दाहाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०८१, बुधबार १३:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्।

बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने बताए ।

उनले भने- ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के को  रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’
सिरोहिया मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१