श्रीमतीसँगको यौनसम्बन्धलाई राम्रो बनाउन के गर्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७१, मंगलवार १९:३१

काठमाडौँ । श्रीमान र श्रीमती बीचको यौन सम्बन्धलाई राम्रो बनाउन सर्वप्रथम त एक अर्काप्रतिको सम्मान गर्ने स्वाभावमा कमी आउन दिनु हुँदैन ।
एक(अर्काप्रतिको आकर्षणमा कमी आएमा श्रीमान र श्रीमतीको यौन सम्बन्धमा खटपट हुन सक्छ ।

मानसिक तनावका स्रोत धेरै हुन सक्छन्। तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस दुई दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन्, तर प्रेमपूर्ण संवाद, एक–अर्काप्रति व्यक्त गरिने आदर, सम्मान एवम् यौनसम्बन्धलाई त्यति महत्त्व दिएको पाइँदैन।

एक– अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुन्छ। त्यसले यौन सम्बन्धमा पनि प्रत्यक्ष असर गर्छ ।

यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो। चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने कुरामा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

 

जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारेमा वा भनौं दुबैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। विवाहपछिको यौनसम्बन्धका बारेमा विभिन्न अध्ययन भएका छन्, ती अध्ययनअनुसार लगभग ८० प्रतिशत विवाहको दुईदेखि तीन वर्षको अवधिसम्म भनेको एक–अर्काप्रतिको आर्कषण, रमाइलोपन कायम रहने अवस्था हो।


श्रीमानले श्रीमतीलाई दोष लगाउन थालेमा यौन जीवनमा समस्या सिर्जना हुन सक्छ ।

आफ्नी श्रीमतीसँगको सम्बन्ध जीवनभर चाहने हो भने आफू र श्रीमतीको यौन ईच्छाप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। दुई जनाबीचको यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ।

आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हाँसखेल गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्ट्स प्रयोग गर्ने, एक–अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गरेमा श्रीमान श्रीमतीका बीचको यौन सम्बन्ध सुमधुर बन्दै जान्छ ।


एक–अर्काको शरीरलाई बाहिरबाट हरेक दिन नजिकबाट नियाल्नु, प्रशंसा गर्नु पनि राम्रो उपाय हो।

हरेक व्यक्तिले बुझ्नैपर्ने कुरा के हो भने उनीहरूले आफूलाई समयअनुसार समायोजन गर्दै लगेका छन् कि छैनन् ? मैले पहिले पनि भन्ने गरेको छु, यौन सम्पर्क मात्र महत्त्वपूर्ण होइन। यससंग जोडिएका धेरै पक्ष छन। टचिङ, किसिङ, सेन्सिङ, मायामोह(भावना साटासाट आदि कुरा पनि यौन सम्पर्कका अभिन्न पक्षहरू हुन।

 

यौन सम्पर्कको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ। यौनजीवनलाई आनन्दित बनाउनु, लाइट मुडमा रहनु, एक–अर्कालाई अझ बढी माया गर्नु, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राख्नु, आधुनिक बन्दै जानु, नयाँ-नयाँ सोच – विचार ल्याउनु तथा छलफल गर्नु, यौन सम्पर्कका कुरा गर्नु, रमाइलो कल्पना गर्नु, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जक ठाउँमा जानु, धेरै लजालु नबन्नु र इमान्दार रहनु यौनजीवन फलदायी राख्ने उपयुक्त उपाय हुन्।

 

आफ्नी श्रीमतीबाहेक अरूसँगको सम्बन्धले तपाईंमा डर, चिन्ता तथा ग्लानिको भावना सिर्जना हुन्छ। यस्तो भावनाले तपाईंहरूबीचको यौनसम्बन्धमा मात्र होइन, तपाईंको दैनिक क्रियाकलापमा पनि असर पर्न थाल्छ, तसर्थ त्यसको निवारण छिटोभन्दा छिटो हुनु बेस हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१