ट्यूसन पढ्न आएकी किशोरी शौच गर्न जाँदा बलात्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७१, मंगलवार १८:०३

११सिराहा ,२५ कार्तिक । घरनजिकै रहेको विद्यालयमा ट्यूसन पढ्न आएकी सिरहाकी एक किशोरी बाँसघारीमा शौच गर्न जाँदा बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
सिरहाको मोहनपुर कमलपुर गाविसमा रहेको सामुदायिक विद्यालयमा बिहान पढ्न आएकी १४ वर्षीया किशोरी बलात्कृत भएको पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि सार्वजनिक भएको हो ।

विद्यालयमा शौचालय भए पनि पानीको अभावले शौचालय बन्द रहेकाले विद्यालयदेखि करिब एक सय मिटर पूर्वतिर रहेको बाँसघारीमा शौच गर्न गएकी किशोरीलाई स्थानीय तीनजना युवकको समूहले बलात्कार गरेका हुन् ।

पीडित परिवारले सिरहाको भवानीपुर प्रध गाविस–२ का २० वर्षीय नागेश्वर पासवान, २५ वर्षीय बिलेती पासवान र ३० वर्षीय वीरेन्द्र पासवानविरुद्ध किटानी जाहेरी दिएको छ ।

विद्यालयका प्रधानाध्यापकका अनुसार पीडित किशोरी अर्कै विद्यालयमा पढ्ने भए पनि घर नजिकै रहेकाले विद्यालयमा कक्षा–९ को गणित विषयको ट्यूसन पढ्न आएकी थिइन् । ट्यूसनको समयमा शौचालय बन्द रहेकाले बाँसघारीमा जाँदा घटना भएको प्रअले उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीका अनुसार आरोपीहरु फरार रहेकाले खोजी भइरहेको छ । पीडित किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गरिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१