सरकारले भन्यो: अर्थतन्त्रमा सुधार आयो, बैकिङ तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८१, मंगलवार १७:४७

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैकिङ तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम रहेको बताएका छन् ।

मुद्रा स्फीति दरमा घटेको, पर्यटक आगमन बृद्धि भएको, पर्यटकको खर्च गर्ने रकम बढेको पौडेलले बताए । समयमा बिउ र मलको आपूर्ति गरिएकाले उत्पादनमा वृद्धि आएको उनले बताए । चालु आर्थिक वर्षमा ३ हजार हेक्टर क्षेत्रमा सिचाइँ सुविधा पुगेको पनि राष्ट्रपति पौडेलले जानकारी दिए ।

अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् ।

‘नागरिकमा आशा र भरोशा बढेको छ। अन्तर्राष्ट्रिय जगतलाई विश्वासमा राखिएको छ। छिमेकीसँगको द्वपक्षीय नीतिलाई छरितो बनाइएको छ,’ राष्ट्रपति पौडेलले सम्बोधनमा भने।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१