शी लिड्स आईकन २०८१ आवेदन खुल्ला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०८१, मंगलवार ०६:१५

काठमाडौँ । महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यको साथ शी लिड्स आईकन २०८१ को आवेदन खुलेको हो ।महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने “कल्प इम्पावर वेमेन नेपाल” ले महिला स्वास्थ्य, महिला उद्यमशीलता , न्याय तथा निती,महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने महिलाजनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने भएको छ ।

 

जसका लागि नेपाली महिला जनप्रतिनिधिहरूको सहभागितामा जीवन भोगाइ, जनप्रतिनिधि भए पश्चात गरेका राम्रा कामहरु, अहिलेपनि भोग्नु परेका समस्या र चुनौतीहरुलाई समावेश गरेर प्रेरणादायी वृत्तचित्र सहित ‘राजनितिमा महिला ‘ बिषयक राष्ट्रिय बहसको थालनी समेत सुरु गरीसकेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले बताईन् । सुचना र प्रविधिको युगानुसार उनिहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्दै आम जनताको बिचार ,भावना र अभिमतलाई समेटेरलाई थप उर्जा र हौसला प्रदान गरिने कल्पले जनाएको छ ।

नेपाली महिला जनप्रतिनिधिहरूको प्रेरणादायी जीवनी मार्फत समग्र महिला अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने, राजनैतिक क्षेत्रबाट टाढा रहेका तथा सुरुवाती अवस्थामा रहेका महिलाहरुलाई हौसला तथा उर्जा प्रदान गर्ने , राजनैतिक क्षेत्रमा पछाडि पारिएका महिलाहरुमा राजनैतिक सोच र क्षमताको अभिवृद्धि गर्न भुमिका निर्वाह गर्ने , संविधान प्रदत्त महिला अधिकारलाई व्यवहारीक रुपमा महिलाहरुले प्रयोग गर्ने वातावरण मिलाउन दबाव सृजना गर्ने उदेश्य सि लिड आईकनको रहेको छ ।

यसैगरी राजनैतिक अधिकारको आन्दोलनमा रहेका महिला अधिकारकर्मीहरुलाई सहयोग प्रदान गर्ने , महिला अधिकार र सशक्तिकरणको लागी आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने , नेपाली महिला जनप्रतिनिधिहरूको विगत, वर्तमान र भविष्यको बारेमा वृत्तचित्र तयार पारेर प्रेरणादायी कृतीको रुपमा संग्रह गरिने उदेश्य रहेको कल्पकी अध्यक्ष पुजा कोइरालाले बताईन् ।

सी लिड आईकनमा भाग लिन गुगल फर्म मार्फत आवेदन दिन सकिन्छ । फर्म भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

लिङ्क :

पृष्ठभूमि :

वास्तवमा, मानिस कर्म गर्न बनेको सृष्टिको सबै भन्दा उत्तम साधन हो । त्यसैले मानिसले आफ्ना कर्म र त्यो कर्म गर्दा उसले भोगेका चुनौतिका ठिहिहरु , खेपेका पीर व्यथाहरु र नाघी आएका संघर्षका शैलहरु हुदै सफलताको चुचुरोमा बसेर आफ्नो पहिचानको अमिट छाप चित्र कोर्दछ ।अझ नेपाली महिलाहरुको सन्दर्भमा,नेपाली समाजमा महिला भएर जन्मदा साथ , लैङ्गिकताको आधारमा खडा गरिएका विभेदकारी पर्खालको सामना गर्नु पर्छ । जन्मदै विभेदको सिकार हुदै आधुनिक मानव समाजको मान्यता अनुसार पाउनु पर्ने सामान्य मानवीय अधिकारबाट समेत बन्चित हुनुपर्ने कहालिलाग्दो दुर्दशाको भुमरीमा नेपाली महिलाहरुको जीवनपथको सुरुवात हुन्छ ।

पृतिसत्तात्मक सोचको अदृश्य नेलकडिमा जकडिएर , रूढिवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधिबेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण बिजयी पात्रको कथा भन्दा कम हुदैन । त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनैतिक जस्तो बिहंगम् क्षेत्रमा आइपुगेका र राजनैतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहनु भएका नेपाली महिलाहरुको जिवनगाथा भन्दा प्रेरणादायी कृती संसारमा अर्को हुन सक्दैन होला ।

आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु , दमनहरु , अपहेलनाहरु र अमानवियता समेतलाई सामना गर्दै खास गरी राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न नेपाली महिलाहरुले उठाउनुभएको जिम्मेवारीको पर्वत अनि प्रर्दशन गर्नुभएको वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह हो र हो – निराशामा आशा जगाउने पर्मिथस् को फिलिङ्गो ।

यसै तथ्यलाई आत्मसाथ गरी महिला हक अधिकारको संरक्षण तथा सशक्तिकरणको अभियानमा अनवरत हामी कल्प इम्पावर वेमेन नेपालले नेपाली महिला जनप्रतिनिधी हरूको कर्मगाथालाई विश्व सामु पुर्याउने जमर्को गरेका छौ ।

जसका लागि नेपाली महिला जनप्रतिनिधी हरूको सहभागितामा वहाँहरुको जीवन भोगाइ, जनप्रतिनिधी भए पश्चात गर्नु भएका सुकृत्यहरु अनि अहिलेपनि भोगी रहनु भएका समस्या र चुनौतीहरु लाई समावेश गरी प्रेरणादायी वृत्तचित्र सहित ‘राजनितिमा महिला ‘ बिषयक राष्ट्रिय बहसको थालनी गरिने छ ।

सुचना र प्रविधिको युगानुसार वहाँहरुको कर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार गर्दै आम जनताको बिचार ,भावना र अभिमत लाई समेटेर वहाँहरू लाई थप उर्जा र हौसला प्रदान गरिने छ । जसबाट महिला जनप्रतिनिधी हरूको बिचमा समेत सु कर्मलाई लिएर प्रतिस्पर्धि र समन्वयकारी भावनाको विकास भई समाज विकासका महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखेका छौं।

तसर्थ आउनु होस् , आफ्ना कर्मगाथाले विश्व भरका महिलाहरुमा प्रेरणा र हौसलाको प्रदिप्त ज्योतिलाई प्रज्वलित गरौ । सुखबाढे दोब्बर दुख बाढे आधा हुन्छ , तसर्थ तपाईं नेपाली महिला जनप्रतिनिधी हरूको बिगत , वर्तमान र भविष्यको उर्जाशिल कर्मगाथा विश्वसामु प्रस्तुत गरौ र बताउ ” she lead” उनि सक्छिन् ।

कार्यक्रमको शिर्षक:
शी लिड्स आइकन (SHE LEADS ICON ) २०८१ कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका ७५३ स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट “महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित”क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ७ जना महिला जनप्रतिनिधी को डकुमेन्ट्रीलाई विश्व सामु पुर्याउने कार्यक्रम हो ,शी लिड्स आइकन (SHE LEAD ICON ) २०८१

२) कार्यक्रमको समयावधि:

मिति २०८१/०१/०१देखि मिति२०८०/०४/२७ सम्म यो कार्यक्रमको समय अवधि रहेको छ ।

३) कार्यक्रमको लक्ष्य

नेपाली महिला जनप्रतिनिधी हरूलाई विश्व सामु चिनाउने ।

४) कार्यक्रमको उद्देश्यहरू

यस कार्यक्रमको मुख्य उद्देश्यहरु निम्नानुसारको हुनेछन्।

क) नेपाली महिला जनप्रतिनिधी हरूको प्रेरणादायी जीवनी मार्फत समग्र महिला अधिकारको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने।

ख) राजनैतिक क्षेत्रबाट टाढा रहनु भएका वा सुरुवाती अवस्थामा रहनु भएका महिलाहरुलाई हौसला तथा उर्जा प्रदान गर्ने ।

ग) राजनैतिक क्षेत्रमा पछाडि पारिएका महिलाहरुमा राजनैतिक सोच र क्षमताको अभिवृद्धि गर्न भुमिका निर्वाह गर्ने।

घ) संविधान प्रदत्त महिला अधिकारलाई व्यवहारीक रुपमा महिलाहरुले प्रयोग गर्ने वातावरण मिलाउन दबाव सृजना गर्ने।

ङ) राजनैतिक अधिकारको आन्दोलनमा रहनुभएका महिला अधिकारकर्मीहरुलाई सहयोग प्रदान गर्ने।

च) महिला अधिकार र सशक्तिकरणको लागी आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने

छ) नेपाली महिला जनप्रतिनिधी हरूको विगत, वर्तमान र भविष्यको बारेमा वृत्तचित्र तयार पारी प्रेरणादायी कृतीको रुपमा संग्रह गरिने ।

५) कार्यक्रमका फाइदाहरु

यस कार्यक्रमका निम्नलिखित फाइदाहरु हुनेछन्।

क) निर्धारित उदेश्यहरुको परिपूर्ति हुने ।

ख) महिला अधिकारको निम्ति लड्दै आउनुभएको र हाल जनप्रतिनिधी को भूमिकामा रहनुभएका महिलाहरुको विगत र वर्तमानका कार्यहरु व्यवस्थित संग्रह हुने ।

ग) नेपाली महिला जनप्रतिनिधी हरूको कार्यलाई सुचना र प्रविधि मार्फत विश्वभर पुर्याउन सकिने ।

घ) महिला जनप्रतिनिधी हरूको बिचमा समन्वय तथा सहकार्य स्थापित गर्न सकिने।

ङ) राजनैतिक क्षेत्रमा महिलाहरुको अभिरुचि तथा सहभागितामा वृद्धि गर्न सकिने।

च) नेपाली महिला जनप्रतिनिधी हरूले हाल कार्यक्षेत्रमा भोग्नुपरेको समस्याको पहिचान गरी समाधानका उपायहरु पत्ता लगाउन सकिने।

छ) सिङ्गो महिला अधिकारको र सशक्तिकरणको लागी आवश्यक बहुआयामिक योगदान दिन सकिने’ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, असार २७, २०८१