जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुने नेपालको तर्फबाट खेलाडी आरुसी बिमली र सोबिका कार्की खेलमा सहभागी हुनेछिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०८१, सोमबार २०:४६

काठमाडौँ। अन्तराष्ट्रिय मलखम्ब फेडेरेसन तथा रमणवाग युवा मंच जर्मनीको संयुक्त आयोजना र मलखम्ब फेडेरेसन अफ अमेरिकाको ब्यबस्थापनमा जर्मनको बर्लिनमा मे १६ देखि २० सम्म हुने खेलमा नेपाल पनि समाबेस भएको छ।

आज भएको  पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रा डा सूर्यबहादुर कार्कीको अध्यक्षतामा भएको थियो।   नेसनल मलखम्ब एसोसिएसन अफ नेपालको तर्फबाट खेलाडी आरुसी बिमली र सोबिका कार्की खेलमा सहभागी हुनेछिन भने टिम ब्यबस्थापक इन्दिरा अर्याल र एसोसिएसनका संरक्षक महेन्द्र प्रसाद भट्टराई जर्मनको बर्लिनमा मे १६ देखि २० सम्म हुने खेलमा  सहभागी हुने सचिव जनकराज उपाध्यायले बताउनुभयो । पत्रकार सम्मेलन एसोसिएसनका संरक्षक महेन्द्र प्रसाद भट्टराई,कोषाध्यक्ष सुनिता भट्टराई,भरत दंगाल लगाएतको उपस्थिति रहेको थियो ।

२०२३ मा भारतको आसाममा भएको खेलमा नेपाल दोश्रो स्थान हासिल गर्न सफल भएको थियो । नेपालले काठमाडौँमा भएको तेश्रो साउथ योग एसियन च्याम्पीयनसिप र काठमाडौँ विश्वबिध्यालयको दीक्षान्त समारोहमा मलखम्ब खेल प्रदर्शन भएको थियो ।

भारतको सबैभन्दा पुरानो खेल जसलाई सन् १९५८ मा पहिलो पटक राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप अन्तर्गत राष्ट्रियस्तरको प्रतियोगितामा मलखम्ब समावेश भएको थियो ।  मलखम्ब भारतको एक परम्परागत खेल हो, जसमा खेलाडीहरूले काठको पोल वा डोरीमा विभिन्न चालहरू प्रदर्शन गर्छन्।  मलखाम्बमा जमिनमा राखिएको १० देखि १२ फिट अग्लो सागौन वा गुलाफको काठ, तलबाट ५ देखि ६ इन्च र माथिबाट १.५ देखि २ इन्च व्यासमा जग्गिङ गरिन्छ।

काठको पोलमा हुक र चेनको सहायताले अर्को काठको पोललाई जमिनबाट ३.५ देखि ४ फिटको उचाइमा झुण्ड्याएर त्यसमा खेलाडीहरूले मलखाम्ब प्रदर्शन गर्छन्। यो मलखाम्बको आधुनिक प्रकार हो, मुख्यतया महिला खेलाडीहरूका लागि प्रयोग गरिन्छ। यसमा डोरीको सहायताले विभिन्न योग आसनहरूलाई चित्रण गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१