काठमाडौँ ,२५ कार्तिक । सार्क शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेतृ सुजाता कोइरालालाई ‘फस्ट लेडी’ राख्ने भएका छन् ।
अविवाहीत प्रधानमन्त्री कोइरालाले सुजातालाई प्रथम महिलाका रुपमा सार्कसम्मेलनमा सहभागी गराउने
निर्णय गरेका हुन्।प्रधानमन्त्री कोइरालाले सुजाताको नाम प्रस्ताव गरी परराष्ट्र मन्त्रालय पठाएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतले ‘प्रधानमन्त्रीले सुजाताको नाम परराष्ट्रमा पठाइसकेको र सार्कमा फस्ट लेडीका रुपमा उनी सहभागी हुने’ जानकारी दियो ।सार्कका राज्य तथा सरकार प्रमुखको अतिथि सत्कार तथा अन्य समारोहमा सुजाताले ‘फस्ट लेडी’ को हैसियत प्राप्त गर्ने छिन् ।
प्रतिक्रिया