आफूविरुद्ध चलखेल गरेको भन्दै माधव नेपालसँग आगो भए प्रधानमन्त्री प्रचण्ड, दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०८१, सोमबार ०५:५८

काठमाडौं । आफ्नो सरकार ढालेर कांग्रेससँग मिलेर प्रधानमन्त्री खानको लागि भूमिका खेलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आक्रोशित बनेका छन् । माधव नेपालको दलपनि सरकारमा सामेल छ ।

तर, माधव नेपालले भने कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर आफ्नो सरकार ढाल्नको लागि भूमिका खेलेको दाहालको निश्कर्ष छ । उपेन्द्र यादवलाई समेत विश्वासमा लिएर सरकार ढाल्ने खेलमा सामेल भएको सूचना पाएपछि प्रधानमन्त्री दाहाल माधव नेपालसँग सम्बन्ध नै टुटाउने तहमा पुगेका छन् ।

उनले उपेन्द्र यादव अमेरिकामा नै रहेको बेला माधव नेपालसँगको भेटमा सरकार ढाल्नेगरि भूमिका खेलेको विषय उठाएका थिए । माधव नेपालले उपेन्द्रको समेत साथ लिएर वर्तमान सरकार ढाल्नको लागि सक्रिय भूमिका खेलेको निश्कर्षमा प्रधानमन्त्री दाहालमात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत पुगेको बताईएको छ ।

ओली र दाहाल दुवै नेता मिलेर सरकारको गणित सुरक्षित बनाउनेगरि राजनीतिक कदम चालिएको एमाले र माओवादी केन्द्रका नेताहरुको दाबी छ । दाहाल र ओलीले सरकारको गणित सुरक्षित राख्नको लागि यादव र नेपालको दलविरुद्ध हदैसम्मको कठोरता अपनाउन सकिने चेतावनी दिएको थियो ।

यो बीचमा उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा बहुमत सांसदहरुसमित नयाँ दल जसपा दर्ता भैसकेको छ । जसपा विभाजनसँगै दाहाल नेतृत्वको संकट टरेको छ । अब माधव नेपालपनि सरकारबाट बाहिरिएपनि सरकार नढल्ने भएको छ ।

प्रधानमन्त्री दाहालले सरकारमा सहभागी रहेका उपेन्द्र यादवलाई सरकार छोड्नको लागि भनिसकेका छन् । प्रधानमन्त्री दाहालले यादवसँग पनि वारपारको राजनीति गरेका छन् । मधेश प्रदेश सरकारको नेतृत्व उपेन्द्रको दलबाट सरोज यादवले गरिरहेका छन् । तर, माओवादीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय लिइसकेको छ ।

माओवादीलगत्तै एमालेले पनि आजै सरकारबाट बाहिरिने निर्णय लिएको छ । मधेश प्रदेशको पछिल्लो विकसित घट्नाले केन्द्रको राजनीतिमा समेत तरंग पैदा गरेको छ । अब यादवलाई सरकारमा रहिरहनको लागि दबाब सिर्जना भएको छ । अहिले यादवले आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले माधव नेपालका मन्त्रीहरुलाई समेत हटाउनेगरि मुभ गरेका छन् । उपेन्द्र यादव बाहिरिने र माधव नेपालपनि बाहिरिएपछि प्रधानमन्त्री दाहालले अशोक राई र रञ्जिता श्रेष्ठको दलबाट समेटेर मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी गरेका छन् । माधव नेपालको दलबाट धनबहादुर बुढा सहकारी विकासमन्त्री र भानुभक्त जोशी सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१