प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो जसपा नेपाल, उपेन्द्रले आज राजीनामा बुझाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०८१, सोमबार ०५:२७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

जसपा, नेपालका प्रचार प्रशार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले कार्यकारिणी समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।  बैठकमा पछिल्ला राजनीतिक घटना क्रमलाई लिएर सरकारबाट बाहिरिने निर्णय भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वाथ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा रहेका उपेन्द्र पछिल्लो समय रुष्ट छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी फुटाइदिएको उनको आरोप छ । उनले सार्वजनिक कार्यक्रमहरुमै सत्तारुढ दल एमाले–माओवादीमाथि पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएका थिए ।

मधेश प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि उपेन्द्रले पनि सरकार छाड्ने निर्णय गरेका हुन् । उनलाई प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिन प्रेसर दिएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१