बूढानीलकण्ठ वडा ९ मा हरेक शुक्रबार जेष्ठ नागरिकसँग विविध कार्यक्रम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०८१, आईतवार ०७:२४

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा हरेक शुक्रबार जेष्ठ नागरिकसङ्ग विविध कार्यक्रम हुदै आएको  छ । जेष्ठ नागरिकहरुलाई प्रत्येक शुक्रवार भजनकृतन, साङ्गितीक र योग प्रशिक्षण कार्यक्रम भैरहेको छ ।

जेष्ठ नागरिकको सम्मान स्वरुप र उहाँहरुको स्वास्थ्यको ख्याल गर्दै सबैमा भेटघाट हुने वातावरण समेत सिर्जना गर्न वडाले यस्तो कार्यक्रमको थालनी गरेको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ कि वडा अध्यक्ष सुमित्रा त्रिपाठीले बताइन।

कार्यक्रमको शुभारम्भ २०८० भदौ ८ गते शुक्रबारदेखि वडा कार्यालयको सभाहलमा ज्येष्ठ नागरिकहरुलाई वाद्यवाधक बजाएर भजन कृतन गर्दै कार्यक्रमको शुरुवात गरिएको थियो । उपस्थित सम्पुर्ण जेष्ठ नागरिकलाई प्रत्येक शुक्रवार झन्डै १०० जनाको हाराहारीमा जेष्ठ नागरिकहरु भेला भएर भजनकृतन, साङ्गितीक र योग प्रशिक्षण गरेर रमाइलो गरि खुसि हुने गरेको  अध्यक्ष  त्रिपाठीले बताइन।  जेष्ठ नागरिकहरुलाई प्रत्येक शुक्रवार खाजा पानिको व्यवस्था वडाले गर्ने गरेको छ  ।

May be an image of 8 people and people smiling

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१