टोखा नगरपालिकाले सुरु गर्‍याे ‘विष्णुमती सरसफाइ अभियान’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०८१, आईतवार ०६:१८

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले विष्णुमती नदी सरसफाइ अभियानको शुभारम्भ गरेको छ । कला संस्कृतियुक्त स्वच्छ समुन्नत टोखा नगर भन्ने मूल नारा बोकेको टोखाले  विष्णुमती नदी सरसफाइ अभियान शुभारम्भ गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमती खोलालाई सफा बनाउनका लागि खोलाभित्र फालिएको फोहोर हटाइएको जानकारी दिए । उक्त अभियानका क्रममा नदी वरपर फालिएका फोहरको व्यवस्थापन गर्नुका साथै झारहरु हटाइएको छ ।

टोखा नगरपालिका–८ स्थित मेरिगोल्ड पार्टी प्यालेसबाट सुरु गरिएको उक्त अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

टोखाले आगामी हप्तादेखि हरेक आज सरसफाइ अभियानलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत विसीले बताए । सो नगरपालिकाले विष्णुमती नदी र त्यसवरपरको फोहोरलाई व्यवस्थापन गर्ने जनाएको छ ।

May be an image of 11 peopleMay be an image of 9 people

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१