प्रधानमन्त्री दाहालले मागे अशोक राईसँग नयाँ मन्त्रीको नाम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०८१, आईतवार ०६:०४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी गरेका छन् । यादवको पार्टी विभाजन भएको छ । अहिले जसपा, नेपाल विभाजन गरेर अशोक राईले जनता समाजवादी पार्टी नामक नयाँ दल दर्ता गराएका छन् । राईसँग ७ जना सांसद छन् ।

प्रधानमन्त्री दाहालले राईको दललाई पनि मन्त्रिपरिषद् पूनर्गठनमा समेट्न चाहेका छन् । अहिलेपनि राईको दलमा रहेका नवलकिशोर साह सुँडी वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा छन् । उपेन्द्रलाई निकाल्दा प्रधानमन्त्री दाहालले राईको दलबाट थप एक जनालाई मन्त्री बनाउन सकिने वचन दिएका छन् ।

राईले आफू र पत्नी सुशिला अहिले सरकारमा नजाने सन्देश बालुवाटारलाई दिएका छन् । राईले वीरेन्द्र महतो र प्रदीप यादवमध्ये एकलाई सरकारमा पठाउन चाहेका छन् । जसपाले पाउने थप एक राज्यमन्त्रीमा भने रञ्जु झाको नाम चर्चामा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१