प्रधानमन्त्री प्रचण्डको दौडधुप, देउवा निवास जाने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०८१, आईतवार ०५:५४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको अवरोध हटाउनको लागि आफूलाई सक्रिय बनाएका छन् । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको प्रमाण भेटिएको भन्दै तत्काल संसदीय छानबिन समिति गठनको माग गरेको छ ।

तर, सरकारले अहिलेसम्म त्यसलाई वास्ता गरेको छैन् । प्रधानमन्त्री दाहालले त सदनमै उभिएर अहिलेसम्म गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा नमुछिएको स्पष्टीकरण दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गृहमन्त्री लामिछानेको बचाउ गर्दै आएका छन् । तर, बजेट ल्याउने समय नजिकिएसँगै प्रधानमन्त्री दाहालको दौडधुप बढेको छ । अहिले बजेट अधिवेशन सुरु भएको छ । तर, अधिवेशन सुरु भएको पहिलो दिनमै कांग्रेस आक्रामक रुपमा प्रस्तुत भयो । जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने कार्यतालिका छ । यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग गम्भीर ढंगले वार्ता अघि बढाएका छन्।

देउवाका विश्वासपात्र रमेश लेखकले प्रधानमन्त्री दाहालसँग निरन्तर सम्वाद गरेका छन् । प्रधानमन्त्री दाहालले भोलि देउवालाई भेट्ने तयारी गरेका छन् । उनी देउवा निवास बुढानिलकण्ठ नै पुग्ने बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१